प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा मतगणना सुरु
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १५:४७
काठमाडौं । डडेल्धुरामा मतगणना सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको डडेल्धुरामा मतगणना सुरु भएको हो ।
त्यहाँ देउवासँग स्वतन्त्र उम्मेवार सागर ढकाल र कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट कर्ण मल्ल प्रतिस्पर्धी छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।
प्रतिक्रिया