गुल्मीको अर्वेनीमा मतदान स्थगित, मतगणना प्रभावित – Nepal Press

गुल्मीको अर्वेनीमा मतदान स्थगित, मतगणना प्रभावित

रुपन्देही । गुल्मीको क्षेत्र नं २ स्थित अर्वेनीमा कर्मचारीले मतपत्र दिने क्रममा भएको विवादका कारण मतदान रोकिएको छ ।

दिउसो ३ बजेसम्म भएको मतदानमा ६६४ मत खसे पनि कर्मचारीले प्रतिनिधिसभाको मतपत्र दिने ठाउँमा प्रदेशको दिएपछि विवाद भएको हो ।

मतदाताले धेरै पटक यो विषय उठाएपछि स्थानीय दलका प्रतिनिधिहरूले नै यसलाई रोक्न माग गरेका थिए ।

विवाद बढेपछि यहाँ पुनः मतदान हुने गरी स्थगित भएको र आयोगसँगको समन्वयमा मिति तय गरिने गुल्मीका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

अर्बेनीमा मतदान रोकिएपछि यो क्षेत्रको सबै ठाउँको मतगणना प्रभावित हुने भएको छ । गुल्मीका अन्य क्षेत्रमा भने शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको छ ।

यसै गरी मतदान केन्द्रमा बसेका कर्मचारीले मतपत्र उल्टो दिएपछि भएको विवाद ५ घण्टापछि समाधान भएर साँझ ६ बजे अर्घाखाँचीको खनमा मतदान सुरु भएको छ ।

मालारानी ३ को ख मतदान केन्द्रमा कर्मचारीकै गल्तीका कारण मतदाता झुक्किएको भन्दै विवाद बढेको थियो । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान भएको छ । मतदान भएको छ भने एक ठाउँमा रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर