सहमति नभएपछि काठमाडौं-३ को मतगणना भोलि मात्रै हुने – Nepal Press

सहमति नभएपछि काठमाडौं-३ को मतगणना भोलि मात्रै हुने

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को मतगणना भोलिदेखि मात्रै हुने भएको छ । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना सुरू गर्न निर्देशन दिएको भए पनि त्यहाँ रहेका राजनीतिक दलका प्रतिनिधिको आज मतगणना नगरेर भोलिदेखि मात्रै गर्ने सहमति गरेपछि भोलि बिहानदेखि मात्रै मतगणना गर्ने सहमति भएको हो ।

क्षेत्र नम्बर ३ बाहेक अन्य निर्वाचन क्षेत्रको भने मतपेटिका ढुवानी कार्य सुरु भएपछि आजै रातिदेखि सुरु गर्ने तयारी रहेको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

तर, सर्वदलीय बैठकपछि मात्रै त्यसबारे आधिकारिक निर्णय हुने भएकाले निश्चित भइसकेको छैन । कार्यालयकाअनुसार काठमाडौंका ३३० मतदान स्थलका ७ सय ६७ मतदान केन्द्र र ४ वटा अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि अहिले मतपेटिका संकलनको काम भइरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुन्डा विद्यालयमा गर्ने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर