बेल्जियमका प्रभावशाली स्ट्राइकर लुकाकुले कम्तिमा दुई खेल खेल्न नसक्ने – Nepal Press

बेल्जियमका प्रभावशाली स्ट्राइकर लुकाकुले कम्तिमा दुई खेल खेल्न नसक्ने

दोहा। बेल्जियमका प्रभावशाली स्ट्राइकर रोमेलु लुकाकुले कतार विश्वकपमा कम्तिमा सुरुका दुई खेल गुमाउने भएका छन्। एएफपीका अनुसार ह्यामस्ट्रिङका कारण उनले सुरुवाती खेल गुमाउने भएका हुन्। बेल्जियम गत शुक्रबार कतार आइपुगेर प्रशिक्षण थालेपनि लुकाकु त्यसमा सहभागी भएका छैनन्।

उनी बेल्जियममा सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। लुकाकुले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एक सय २ खेलमा ६८ गोल गरेका छन्। प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकु पूर्ण फिट नभएपनि विश्वकप टोलीलाई उनलाई समावेश गरेका थिए। उनी पछिल्लो १८ महिनायता संघर्षरत छन्।

चेल्सीबाट इन्टर मिलानमा पुगेका उनले गत अगष्टयता क्लबका लागि दुई खेल मात्र खेल्न सकेका छन्। बेल्जियमले कतार विश्वकपको समूहगत चरणमा क्यानडासँग पहिलो खेल खेल्दै छ। त्यसपछि मोरक्को र क्रोएसियासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर