झापा ३ का प्रतिस्पर्धी लिङ्देन र सिटौलाबीच जम्काभेट – Nepal Press

झापा ३ का प्रतिस्पर्धी लिङ्देन र सिटौलाबीच जम्काभेट

काठमाडौं । झापा ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवारद्वय राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच जम्काभेट भएको छ ।

मतदान केन्द्र अवलोकनका क्रममा हल्दिबारी गाउँँपालिका १ गोल्धापस्थित मतदान केन्द्र नेताद्वयबीच जम्काभेट भएको हो ।

उनीहरुले एकले अर्कालाई जितको शूभकामना दिएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले एमालेसँग चुनावी तालमेल गरेका छन् । भने, सिटौला सत्ता गठबन्धनको तर्फको साझा उम्मेदवार हुन् ।

०७४ को निर्वाचनमा पनि लिङ्देनले एमालेको बलमा सिटौलालाई हराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर