भष्मासुर प्रवृत्तिको उदय नहोस् : बाबुराम भट्टराई – Nepal Press

भष्मासुर प्रवृत्तिको उदय नहोस् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखा क्षेत्र २ स्थित अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट मतदान गरेका हुन् ।

उनले निर्वाचनपछि सुशासन र समतामूलक समृद्धिको नयाँ युग शुरू हुने अपेक्षा गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राम्रा उम्मेदवारहरूले जितून्। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् । भष्मासुर प्रवृत्तिको उदय नहोस् । सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरू होस् ।

 

प्रतिक्रिया

One thought on “भष्मासुर प्रवृत्तिको उदय नहोस् : बाबुराम भट्टराई

  1. कथित बुद्दिजिब पाखण्डि बाबुराम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर