मकवानपुरमा चुनाव विथोल्न खोज्ने नेकपा बहुमतका सातजना कार्यकर्ता पक्राउ – Nepal Press

मकवानपुरमा चुनाव विथोल्न खोज्ने नेकपा बहुमतका सातजना कार्यकर्ता पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले निर्वाचन बिथोल्न खोजेको भन्दै हेटौँडाबाट सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सातैजना नेकपा बहुमतका नेताहरु रहेको प्रहरीले जनाएको छ । प्रहरीले नेकपा बहुमतका मकवानपुर इन्चार्ज ४१ वर्षीय रबि खड्कासहित ७ जनालाई पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गर्न खोजेको आरोपमा उनिहरुलाई हेटौंडा १० बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा इन्चार्ज खड्कासहित नेकपा बहमुतका जिल्ला संयोजक हेटौंडा-१५ का ४८ वर्षीय शक्ति मगर, सचिवालय सदस्य बागमती-४ का ५१ वर्षीय लिला माझी, जिल्ला सदस्य हेटौंडा-१० बस्ने ४३ वर्षीय अजय गहतराज, हेटौंडा-११ बस्ने ३५ वर्षीय विकास लामा, वागमती-८ बस्ने ५० वर्षीय अनिल सिङ्तान र हेटौंडा८ बस्ने ३० वर्षीय वसन्त लामा रहेका छन् ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर