बाकस साटिएपछि गोरखाको पालुङटारमा पुनः मतदान – Nepal Press

बाकस साटिएपछि गोरखाको पालुङटारमा पुनः मतदान

पोखरा । गोरखा पालुङटार ५ को जीवनज्योति मावि मतदान केन्द्रमा मतपेटिका साटिएको पाइएपछि पुनः मतदान गराउन लागिएको छ ।

मतदानका बेला प्रदेशसभा निर्वाचनका मतपेटिकाको सट्टा प्रतिनिधिसभाकै पत्र र मतपेटिका प्रयोग भएको पाइएपछि पुनः मतदान गराउन लागिएको हो ।

नेकपा एमाले पालुङटार नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठले कुनै राजनीतिक दलका कारण नभई मतदान अधिकृतको असावधानीले पुनः मतदान गराउनु परेको बताए । अहिले त्यहाँका सहायक मतदान अधिकृत वेदप्रसाद अमगाईंलाई हटाएर बद्री अर्याललाई जिम्मेवारी सुम्पिएको छ ।

यसअघि सो मतपत्रमा मतदान गरेका ३३ जनालाई बोलाएर फेरि मतदान गराइने जनाइएको छ । पहिला मत हालेका पत्रलाई सिल गरेर राखिएको र पुनः मतदानको प्रक्रिया थालिएको छ ।

गोरखा क्षेत्र नं. २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अब्दुस मियाँलगायत प्रतस्पिर्धी रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर