कतार विश्वकपमा दावेदार टोलीबीच कुन चरणमा हुनसक्छ जम्काभेट ? – Nepal Press

कतार विश्वकपमा दावेदार टोलीबीच कुन चरणमा हुनसक्छ जम्काभेट ?

दोहा । विश्वकप फुटबलको २२औं संस्करण आइतबारदेखि कतारमा सुरु हुँदैछ । पहिलो चरणमा ४/४ टोलीको ८ वटा समूह रहेका छन् । समूहका विजेता र उपविजेता नकआउट चरण अर्थात प्रि-क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगिताको खेल तालिका आइसकेकाले कुन टोलीले कुन चरणमा कोसँग खेल्छ भन्ने अनुमान लगाउन गाह्रो छैन ।

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा इङ्ल्यान्ड, इरान, वेल्स र अमेरिका रहेका छन् । अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘सी’मा छन् । समूह ‘डी’मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन् ।

स्पेन, कोस्टारिका, जापान र जर्मनी समूह ‘ई’मा रहेका छन् । समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया रहेका छन् । समूह ‘जी’मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन छन् । समूह ‘एच’मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।

प्रि-क्वार्टरफाइनलमा समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता तथा समूह ‘ए’को उपविजेता र समूह ‘बी’को विजेताबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समूह ‘सी’को विजेताले समूह ‘डी’को उपविजेतासँग तथा समूह ‘सी’को उपविजेताले समूह ‘डी’को विजेतासँग खेल्नेछ ।

समूह ‘ई’को विजेताले समूह ‘एफ’को उपविजेता तथा समूह ‘ई’को उपविजेताले समूह ‘एफ’को विजेतासँग खेल्नेछ भने समूह ‘जी’को विजेता समूह ‘एच’को उपविजेतासँग र समूह ‘जी’को उपविजेता समूह ‘एफ’को विजेतासँग खेल्नेछ ।

प्रतियोगितामा फ्रान्स, ब्राजिल, जर्मनी, अर्जेन्टिना, स्पेन यसपटक पनि बलिया उपाधि दावेदार हुन् । नेदरल्यान्ड्स, इङ्ल्यान्ड, पोर्चुगल, क्रोएसिया र बेल्जियम पनि उपाधि दावेदार हुन् । स्पेन र जर्मनी तथा क्रोएसिया र बेल्जियम एकै समूहमा रहेकाले यीमध्ये एक टोलीमात्र समूह विजेता हुन सक्छ ।

यी १० वटै टोली समूह विजेता बन्दै अगाडि बढेको अवस्थामा फाइनलसम्म पुग्दा कसले कोसँग भेट गर्नेछ भनेर भन्न सकिने अवस्था छ । अर्जेन्टिनाले प्रि-क्वाटरफाइनलअन्तर्गत डिसेम्बर ३ तारिखमा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियामध्ये एक टोलीसँग खेल्नेछ ।

यस्तै क्वार्टरफाइनलमा डिसेम्बर ९ तारिखमा नेदरल्यान्ड्स र सेमिफाइनलमा डिसेम्बर १३ तारिखमा ब्राजिल र स्पेन वा जर्मनीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलले प्रि-क्वार्टरफाइनलमा डिसेम्बर ५ तारिखमा घाना, उरुग्वे र दक्षिण कोरियामध्ये एकसँग खेल्नेछ। डिसेम्बर ९ तारिखमा स्पेन वा जर्मनीविरुद्ध ब्राजिलले क्वार्टरफाइनल खेल्नेछ ।

त्यसअघि स्पेनले प्रि-क्वार्टरफाइनलमा ५ डिसेम्बरमा क्यानडा, मोरक्को र क्रोएसियामध्ये एकसँग खेल्नेछ । फ्रान्सले प्रि–क्वार्टरफाइनलमा डिसम्बेर ४ तारिखमा साउदी अरब, मेक्सिको र पोल्यान्डमध्ये एकसँग खेल्नेछ । उसको क्वार्टरफाइनलमा भेट इङ्ल्यान्डसँग हुनसक्छ डिसेम्बर १० तारिखमा ।

सेमिफाइनलमा उसले डिसेम्बर १४ तारिखमा बेल्जियम वा क्रोएसिया र पोर्चुगलबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

जर्मनीले समूह विजेता बनेको हकमा प्रि-क्वार्टरफाइनलमा बेल्जियम वा क्रोएसियामध्ये एकसँग खेल्न सक्नेछ । उसले क्वार्टरफाइनलमा ब्राजिल र सेमिफाइनलमा अर्जेन्टनासँग प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्सले प्रि-क्वार्टरफाइनलमा इरान, अमेरिका र वेल्समध्ये एकसँग खेल्नेछ । उसले क्वार्टरफाइनलमा अर्जेन्टिना तथा ब्राजिल र स्पेन वा जर्मनबीच हुने खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

इङ्ल्यान्डले प्रि-क्वार्टरफाइनलमा इक्वेडर, सेनेगल र कतारमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

क्वार्टरफाइनलमा उसको प्रतिस्पर्धा फ्रान्स तथा बेल्जियम वा क्रोएसिया र पोर्चुगलबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । बेल्जियम वा क्रोएसियाले प्रि-क्वार्टरफाइनलमा स्पेन वा जर्मनी, कोस्टारिका र जापानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै क्वार्टरफाइनलमा पोर्चुगल तथा सेमिफाइनलमा फ्रान्स र इङ्ल्यन्डमध्ये एकसँग खेल्नेछ। यस्तै पोर्चुगलले प्रि-क्वार्टरफाइनलमा सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा क्वार्टरफाइनलमा बेल्जियम वा क्रोएसियासँग खेल्नेछ ।

सेमिफाइनलमा इङ्ल्यान्ड र फ्रान्समध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

(अर्जेन्टिना, ब्राजिल, स्पेन वा जर्मनी, नेदरल्यान्ड्स, पोर्चुगल वा क्रोसिया, बेल्जियम, इङ्ल्यान्ड र नेदरल्यान्ड्स समूह विजेता बन्दै अगाडि बढेको अवस्थामा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर