प्रदेश १ अपडेट : अहिलेसम्म कहाँ कति मत खस्यो ? – Nepal Press

प्रदेश १ अपडेट : अहिलेसम्म कहाँ कति मत खस्यो ?

विराटनगर । प्रदेश १ मा पौने १२ सम्मको रिर्पोटअनुसार झापमा सबैभन्दा बढी ३० प्रतिशत र ताप्लेजुङमा सबैभन्दा कम १० प्रतिशत मत खसेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुनसरीमा २२ प्रतिशतको हाराहारीमा मत खसेको छ । ग्रामीण क्षेत्रमा मतदाताको उत्साही भएपनि सहरी क्षेत्रमा मतदाता कम आएका छन् । मतदाता ढिलोगरी भोट हाल्न आएकोमा कतिपय ठाउँमा कम मत खसेको छ ।

मोरङमा पनि २२ प्रतिशतको हाराहारीमा मत खसेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बूढीगंगाबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको बताए । झापामा ३० प्रतिशत खसेको झापाका प्रमुख जिल्ला अधिकारी छवीराज रिजालले बताए ।

धनकुटामा ३२ प्रतिशतको हाराहारीमा मत खसेको सीडीओ युवराज कट्टेलले उक्त जानकारी दिए । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भने अहिलेसम करिब १० प्रतिशत मत खसेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले अहिलेसम्म करिब १० प्रतिशतमात्रै मत खसेको बताए ।

संखुवासभामा भने अहिले सम्म १७ प्रतिशतको हाराहारीमा मत खसेको छ । संखुवासभाको मानेभञ्ज्याङको र चैनपुरको सरस्वती मावि मतदान केन्द्रमा मतदान स्थागित भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी विरेन्द्रप्रसाद यादवले स्थगित भएको मतदान सुचारु गर्ने तयारी भइरहेको बताए ।

खोटाङमा १६ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले सबै मतदानस्थलमा मतदान सुचारु रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर