तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन – Nepal Press

तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन

तनहुँ । तनहुँ घिरिङ-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।

शनिबार घिरिङका दुई जना एमाले कार्यकर्ता पक्राउ परेको भन्दै अहिले त्यहाँ मतदान सुरु हुन नसकेको हो । शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा भएको बताइएको छ ।

एमाले तनहुँका नेता विष्णुभक्त सिग्देलका अनुसार दुई जना एमाले कार्यकर्ता पक्राउ परेको र उनीहरुको रिहाइ नभएसम्म मतदान रोकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर