यसरी भइरहेको छ मतदान (तस्बिरहरू) – Nepal Press

यसरी भइरहेको छ मतदान (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् ।

मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । जसमा ९१ लाख ४० हजार ८०६, ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् । १८५ अन्य मतदाता छन् भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि ६१ राजनीतिक दल र स्वतन्त्रबाट २ हजार ४१२ जना उम्मेदवार मैदानमा छन् ।

यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रका लागि ३ हजार २२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तस्बिरहरू : उमेश कार्की/गौरव पौडेल, ब्युरो सहकर्मीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर