लामो समयपछिको फुर्सद भन्दै ओलीले सार्वजनिक गरे पत्नीसँग साग केलाएको तस्बिर – Nepal Press

लामो समयपछिको फुर्सद भन्दै ओलीले सार्वजनिक गरे पत्नीसँग साग केलाएको तस्बिर

काठमाडौं । मौन अवधि जारी रहेकाले अहिले दल तथा उम्मेदवारलाई भोट माग्न आचारसंहिताले बन्देज छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयपछि फुर्सद पाएको भन्दै भान्सामा काम गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

उनले पत्नी राधिकासँगै बसेर रायोको साग केलाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

ओलीले लेखेका छन्, ‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासँग साग केलाउँदै !!’

झापा-५ बाट उठेका केही दिनदेखि उतै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर