पार्टीलाई हराउन लागेको आरोपमा कांग्रेस सल्यानका २२ जनाको सदस्यता खारेज (सूचीसहित) – Nepal Press

पार्टीलाई हराउन लागेको आरोपमा कांग्रेस सल्यानका २२ जनाको सदस्यता खारेज (सूचीसहित)

सुर्खेत । नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णयविपरीत लागेको भन्दै जिल्लाका २२ जनालाई कारबाही गरेको छ ।

कांग्रेसको नीति, पद्धति र विधानविपरीत कार्य गरेको भन्दै ५ वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कारबाहीमा पर्नेमा कांग्रेस सल्यान जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडा सदस्यसम्म छन् । सल्यानका जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावत र प्रदेश कमिटी सदस्य कालीप्रसाद भण्डारी पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर