गठबन्धन टुटेको भ्रम छरेको भन्दै दीपशिखाले दिए यस्तो चेतावनीपूर्ण अभिव्यक्ति – Nepal Press

गठबन्धन टुटेको भ्रम छरेको भन्दै दीपशिखाले दिए यस्तो चेतावनीपूर्ण अभिव्यक्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दिपशिखा एमालेप्रति आक्रोश पोखेका छन्।

सामाजिक सञ्जालमा गठबन्धनविरुद्ध प्रचार गरेपछि केपी ओली र चेलाहरुलाई भोट दिएर देश कस्तो बनाउने? मंसिर ४ गतेको निर्वाचनमा गम्भिर भएर सोच्न आग्रह गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘साइबर श्यालहरुले नयाँ जागिर पाएछन् । सेतोपाटी, नयाँ पत्रिकाको समाचार भन्दै गठबन्धन टुटेको भ्रम छर्ने फोटोसपको फोटो प्रयोग गर्दैछन् । केपी ओली र यस्ता चेलाहरुलाई भोट दिएर यो देश कस्तो बनाउने रु मंसिर ४ मा सोचौं ।’

उनले विभिन्न अनलाइनमा गठबन्धन टुटेको समाचार फोटोसपको प्रयोग गरेर बनाएको दाबी गरेका छन्।

‘यो हदको बदमासीले बालुवाटार, ७० करोड, यति र ओम्नीहरुलाई सम्झाउँछु उनले भनेका छन्, ‘यस्तो बदमासी गर्ने साइबर स्यालहरुलाई कानूनी कारवाही गर्न निर्वाचन आयोग र प्रशासनको ध्यानकर्षण छ, नगरे जहाँ भेटिन्छ त्यहीबाट युवा विद्यार्थीहरुले सम्झाउन पर्यो, यो झुटो हो भनेर ।’

उनले भ्रम फैलाउनेलाई निर्वाचन आयोग र प्रशासनले कारवाही नगरे युवा विद्यार्थीहरुले जहाँ भेट्यो त्यहीबाट सम्झाउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर