‘भेलुबाजे’ काण्डबारे सूर्य थापा भन्छन्- झ्यापमा भएको मान्छेको कुरा पत्याउने को हुन् ? – Nepal Press

‘भेलुबाजे’ काण्डबारे सूर्य थापा भन्छन्- झ्यापमा भएको मान्छेको कुरा पत्याउने को हुन् ?

काठमाडौं । भेलुवाजे नामले परिचित वयोवृद्ध मीनबहादुर बुढालाई पार्टीको पक्षमा बोल्न दुई हजार रुपैयाँ दिएको आरोप सम्बन्धमा एमाले नेता सूर्य थापाले मुख खोलेका छन् । उनले एमालेको बदनाम गर्न झूटो प्रचार गरिएको बताए ।

प्यूठानमा एमालेका उम्मेदवारसमेत रहेका थापालाई आयोगले भेलुबाजेलाई नगद वितरण गरेको सम्बन्धमा आज प्रष्टीकरण सोधेपछि उनले नेपाल प्रेसलाई प्रतिक्रिया दिएका हुन् । विस्तृत जवाफ आयोगलाई दिने बताउँदै थापाले संक्षेपमा भने, ‘ऊ आफैँले म झ्याप थिएँ भनेको छ । झ्यापमा भएको मान्छेको कुरा पत्याउने को हुन् ?’

आफूले चुनाव जित्न पैसा बाँडिरहनु नपर्ने थापाले बताए । चुनावी प्रतिस्पर्धामा आफू अन्य उम्मेदवारभन्दा अघि रहेको भन्दै उनले मान्छे किनेर चुनाव जितिने भ्रममा आफू नरहेको पनि स्पष्ट पारे ।

‘चुनाव जित्नकै लागि मैले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि बाँडेको छैन र बाँड्दिन पनि,’ थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर