‘भेलुबाजे’ प्रकरणमा सूर्य थापालाई स्पष्टीकरण, किसान श्रेष्ठलाई पनि आयोगको १२ घण्टे पत्र – Nepal Press

‘भेलुबाजे’ प्रकरणमा सूर्य थापालाई स्पष्टीकरण, किसान श्रेष्ठलाई पनि आयोगको १२ घण्टे पत्र

काठमाडौं । निर्वाचन आयोगले ‘भेलुबाजे’ भनेर चिनिने मीनबहादुर बुढालाई २ हजार दिई आफ्नो प्रचारप्रसार गराएको भन्दै सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईँले मीनबहादुर बुढा ९भेलुबाजे० लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईँले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईँलाई किन कारबाही हुनु नपर्ने हो रु यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नू’ भनिएको छ ।

आयोगले आयोगले नेकपा (एकीकृत समाजवादी) बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही जिल्लाको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को प्रदेश सभा २ का उम्मेदवार जितेन्द्र सोनललाई पनि स्पष्टीकरण सोधेको छ । निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

यस्तै, आयोगले शहरी विकास मन्त्रालयले हालै स्वीकृत गरेको सात वटा विभिन्न योजना बदर गर्ने निर्देशन दिएको छ । शुक्रवार शहरी विकास मन्त्रालयका सचिवलाई पत्र लेख्दै आयोगले उक्त निर्णय बदर गर्न निर्देशन दिएको हो । मन्त्रालयले यही मंसिर एक गते सचिव स्तरीय निर्णय गर्दै विभिन्न सात वटा योजना स्वीकृत गरेको आयोगलाई जानकारी गराएको थियो ।

आयोगको पत्रमा भनिएको छ, यस विषयमा बहु वर्षीय खरिद गुरुयोजना स्वीकृत गर्ने गरी त्यस मन्त्रालयको मंसिर एक गतेको सचिव स्तरबाट भएको निर्णय बदर गरी त्यसको को जानकारी ढिलोमा मंसिर ३ गते बिहान ११ बजेसम्म आयोगको इमेल ठेगानामा वा निर्वाचन आयोगमा प्राप्त हुने गरी पठाउनु हुन अनुरोध गरेको छ ।

यस्तै आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्नु मन्त्रालयका सचिव डा।रमेश सिंहलाई निर्देशन दिएको छ । अन्यथा निर्णय गर्ने अधिकारीमाथि निर्वाचन आयोगबाटै कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिएको छ ।

आयोगले यसबारे मुख्य सचिवयलाईसमेत पत्र लेख्दै शहरी विकास सचिवको दाङ भ्रमणबारे जानकारी गराइदिन पनि आग्रह गरेको छ । आयोगको पत्रमा भनिएको छ, ‘रमेश सिंहले दाङमा गई मतदातालाई प्रभावित गर्ने कार्य गरेको भन्ने जानकारी प्राप्त भएको सम्बन्धमा यो पत्र लेख्ने कार्य भएको छ । उल्लेखित सन्दर्भमा निज नियमानुसार बिदा वा काज स्वीकृत गराई दाङ गए नगएको सम्बन्धमा जानकारी उपलब्ध गराइदिनुहुन निर्णयअनुसार सादर अनुरोध छ ।’

आयोगले आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका सुदर्शन बस्नेतलाई स्पष्टीकरण सोधेको छ । आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भन्दै उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएपछि स्पष्टीकरण सोधेको हो ।

त्यसै गरी आयोगले धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छापूर्ण राई र किरण घिमिरेलाई स्पष्टीकरण सोधेको छ । सामाजिक सञ्जालमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएको भन्दै स्पष्टीकरण सोधिएको हो ।

यसै गरी, आयोगले इन्द्र सरोवर गाउँपालिका, वडा नं ४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुस र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको भन्दै स्पष्टीकरण सोधेको हो । उनीहरूलाई कुनै पनि माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर