चुनावको मुखमा माओवादी नेताले पार्टी छाडे, स्वतन्त्र नागरिक बन्ने घोषणा – Nepal Press

चुनावको मुखमा माओवादी नेताले पार्टी छाडे, स्वतन्त्र नागरिक बन्ने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा केन्द्रीय पर्यटन विभागका सदस्य सुदर्शन न्यौपानेले निर्वाचनको पूर्व सन्ध्यामा पार्टी परित्याग गरेका छन् । शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै न्यौपानेले कुनै पनि पुराना पार्टीमा नलागी स्वतन्त्र नागरिकका रूपमा क्रियाशील रहने जनाएका छन् ।

न्यौपानेले नेताका व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । २०३७ सालदेखि नै माओवादी पार्टीमा आबद्ध न्यौपाने पर्यटन व्यवसायी समेत हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्– नेताका छोरा छोरी एक प्लेट नास्ता र एक प्याला रक्सीको लागि जता जता बोलायो उतै जाने तर त्यही ठाउँमा खाना बोक्दै आउने श्रमजीवीले सलाम भन्दा पिठ्यूँ फर्काउने ? कुनै व्यवसाय गर्न अनुमति लिन र राजनैतिक नियुक्त पाउन नेताहरूको एजेन्ट, स्वकीय र आफन्तलाई करोडौँ नजराना पर्ने ? यी र यस्ता घटना र परिघटना कयौँ छन् तर हामी दास बनेर यी नवसामन्तवादको सेवक र पुजारी बनेर कति दिन, हप्ता, महिना र वर्ष बिताउने ? त्यसैले आजको मितिबाट म आबद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय पर्यटन विभाग लगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः मुक्त हुने गरी पार्टी सदस्यता परित्याग गरेको घोषणा गर्दछु । साथै कुनै पनि पुराना, थोत्रो र पटक पटक जनताको परीक्षणमा फेल भएका नेता र पार्टीको सदस्यता नलिईकन स्वतन्त्र नागरिकको हैसियतले देश र जनताप्रति बफादार रही बाँकी जीवन व्यतीत गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर