दाङका प्रदेशसभा उम्मेदवार बस्नेत भन्छन् : एमाले सरकारले गरेको विकास नै मेरो जित्ने आधार हो – Nepal Press

दाङका प्रदेशसभा उम्मेदवार बस्नेत भन्छन् : एमाले सरकारले गरेको विकास नै मेरो जित्ने आधार हो

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश २ मा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुकुम बस्नेतले आफूले जित्ने दाबी गरेका छन् । उनले एमाले सरकारले गरेका विकास नै आफ्नो जित्ने आधार भएको दाबी गरेका छन् । बस्नेतसँग नेपाल प्रेसले गरेको कुराकानी यस्तो छ ।

प्रचार अभियान कसरी अघि बढेको छ ?

नेकपा एमालेका तर्फबाट हामीले कात्तिक १ गतेदेखि प्रचार अभियान सुरु गरेका हौँ । सबै वडामा हामी घरदैलो, भेटघाट तथा चुनावी भेलाका क्रममा पुगेका छौँ । पुग्न नसकेका केही बस्तीमा पनि कार्यक्रम तयार पारेर पुग्ने प्रयास गरिरहेका छौँ । प्रचार अभियानकाक्रममा सबै मतदाताको घरमा पुग्ने, उहाँलाई एमालेका पक्षमा भोट हाल्नका लागि आग्रह गरेका छौँ । घरभेटका क्रममा सबै मतदाताको घर आउनुभएन भन्ने ढंगले हामी मसिनो गरी घरदैलो अभियानमा गरेका छौँ ।

हाम्रो पार्टीको सरकारको समयमा अघि बढेका योजनाका अनुगमन गरेका छौँ । मतदाताका भावना, उहाँहरुका भनाईलाई टिपोट गरेर राखेका छौँ । एमाले पार्टीको सरकार हुँदा भएका काम र गठबन्धन सरकारको मुल्यांकन गर्ने काम पनि प्रचारका क्रममा गरेका छौँ । हाम्रो पार्टीले चुनाबको प्रचारका लागि व्यवस्थित कार्यक्रम गरेर अघि बढाएको छ । हामी सोही योजनाअनुसार कार्यक्रममा सहभागी हुने मतदातालाई भेट्ने कार्यक्रम गरिरहेका छौँ ।

मेरो क्षेत्रमा रहेका २५ वटा वडाका सबै घरमा, उहाँहरुका खेतबारीमा पुग्ने प्रयास गरेका छौँ । बबई, शान्तिनगर र दंगीशरणका सबै वडामा हामी पुगेका छौँ । तुलसीपुरका चार वटा वडामा पनि हामी पुगेका छौँ । घरदैलो सकेर अब भेटघाट तथा चुनावी सभामा सहभागी हुने क्रममा रहेका छौँ । घरदैलो गर्ने क्रममा आम नेता, कार्यकर्ता, शुभचिन्तकको व्यापक सहभागीता रहेको छ । सबै २५ वटा वडामा पुगेर जनताका भावना बुझ्ने काम हामीले गरेका छौँ ।

तपाईं किन उम्मेदवारी किन ?

पश्चिम दाङ र बिशेषगरी निर्बाचन क्षेत्र नम्बर ३ (२) को समग्र विकासका लागि मेरो उम्मेदवारी हो । बिकासका दृष्टिकोणले यो क्षेत्रनिकै पछि परेको छ । पछाडि पारिएको क्षेत्रको विकास गर्ने जिम्मेवारी मेरो काँधमा आइपुगेको छ । तत्कालीन हाम्रो पार्टीका नेता स्व. उत्तरकुमार वलीले यसक्षेत्रको विकासका लागि निकै ठूलो सपनाका रुपमा हेर्नुभएको थियो । यसक्षेत्रका जनता र नेताहरुले यस क्षेत्रलाई कर्णाली क्षेत्रका रुपमा वर्णन गर्ने गर्थे । अहिले त्यसले रुप बदलेको छ । यो क्षेत्रका सडक, सिचाई, विद्युत, खानेपानी, पुल तथा अन्य कुनै पनि विकास निर्माणले गति लिएकै थिएन । त्यसकारण यस क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो ।

मतदाताले तपाईंलाई मत किन दिने ?

मेरो राजनीतिक यात्रा यही क्षेत्रबाट सुरु गरेको हो । मेरो राजनीतिक योगदान यही क्षेत्रमा छ । २०३६ सालदेखि सुरु भएको मेरो राजनीति यही क्षेत्रलाई कार्यक्षेत्रका रुपमा यही भूगोललाई लिएको छु । मेरो राजनीति गर्ने भूगोल पनि यही नै हो । यो क्षेत्रको विकासका लागि मेरो ठूलो लगानी रहेको छ । मैले घरदैलो गर्ने क्रममा मतदाताले पनि यही भनिरहेका छन् । नेकपा एमालेको राजनीतिमा क्रियाशील रहँदा हाम्रो पार्टीबाहेक अन्य पार्टीका साथीहरुले पनि यही भन्नुहुन्छ ।

यस क्षेत्रका जनताहरु मेरो उम्मेदवारीका विषयमा खुशी देखिएका छन् । जनता उत्साहित छन् । त्यसैले यस क्षेत्रको सिचाईं, सडकका रुपमा दाङ-सुर्खेत सडकलाई पूर्णरुपमा सञ्चालन गर्ने, हापुरे हुँदै गंगटे भएर कोहलपुर जाने सडक निर्माण गर्ने, कृषि सडकको रुपमारहेको गहते खोला हुदै भमके भएर हापुरे जाने सडकलाई विस्तार गर्ने लक्ष्य रहेको छ । स्वास्थ्य सेवालाई वडास्तरमा लैजाने, खानेपानीलाई सबै जनताको सहज पहुँचका रुपमा विकास गर्ने लक्ष्य रहेको छ । हामीले जे बोल्छौँ त्यो काम गछौँ । त्यसैले मतदातामेरो पक्षमा भोट हाल्ने विषयमा दुविधा नभएको जानकारी गराउँछु ।

तपाईंले चुनाव जित्ने आधार के हुन् ?

जनता एमालेसँग छन् । घरदैलोका क्रममा जनताले देखाएको सद्भावका कारण मैले चुनाब जित्ने आधार तयार भएका छन् । नेकपा एमालेले सुरु गरेका विकास निर्माणको निरन्तरताका लागि पनि मैले चुनाव जित्ने अवस्था सिर्जना भएका छन् । हिजो स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामले कोही पनि सन्तुष्ट छैनन् । नेकपा एमालेप्रति जनताको आकर्षण रहेको छ । हामीले जनताको आकर्षणलाई मर्न नदिएर काम गर्ने मनशायले चुनावको मैदानमा गएका छौँ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर