मधेसका आठै जिल्लामा आजै निर्वाचन सामग्री पुग्ने
नेपाल प्रेस
२०७९ मंसिर १ गते १७:५१
जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सबै मतदान केन्द्रहरुमा आजै रातिसम्म मतपत्र, मतपेटिकासहितका सामग्री पुग्ने भएको छ ।
मधेस प्रदेशका आठै जिल्लाका निर्वाचन कार्यालयले निर्वाचन सामग्री मुख्य निर्वाचन अधिकृतलाई बुझाएको थियो । उक्त सामग्रीहरु सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुले आजै बुझिसकेको र मध्य रातिसम्म प्रहरीको सुरक्षामा आ–आफ्नो मतदान केन्द्रमा पुगिसक्ने बताइएको छ ।
मतदान हुने दिन (मंसिर ४)सम्म निर्वाचन सामग्री सम्बन्धित मतदान केन्द्रहरुमै प्रहरीको सुरक्षामा राखिनेछ ।
प्रतिक्रिया