मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा समझदारी बनाएर उम्मेदवारी फिर्ता लिनू : नेकपा एस – Nepal Press

मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा समझदारी बनाएर उम्मेदवारी फिर्ता लिनू : नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा समझदारी बनाएर उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यस निर्वाचनमा पार्टी निर्णय विपरित स्वतन्त्ररुपमा उम्मेदवार दिएका हाम्रो पार्टी सम्वद्ध सबै व्यक्तिहरूलाई पहिले नै कारबाही गरिसकिएको छ । गठबन्धनका साझा उम्मेदवार रहेका कतिपय स्थानमा पार्टी टिकटबाटै उम्मेदवार बनेका कमरेडहरूलाई सम्बन्धित क्षेत्रमा समझदारी कायम गरी उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिइएको छ ।’

गठबन्धनमा सहमति भएअनुसार प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न तथा समानुपातिकतर्फ पार्टीको चुनाव चिन्ह ‘कलम’मा मतदान गर्न/गराउन आह्वान गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर