ओलीलाई ओनसरीको प्रश्न : बन्दै नबनेको धरहरा किन उद्घाटन किन गर्नुपर्‍यो ? – Nepal Press

ओलीलाई ओनसरीको प्रश्न : बन्दै नबनेको धरहरा किन उद्घाटन किन गर्नुपर्‍यो ?

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीकी नेतृ ओनसरी घर्ती मगरले ठूलो संघर्षबाट बनेको संविधान एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खल्तीमा राख्न खोजेपछि गठबन्धन बनेको बताएकी छन् ।

कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधानविपरीत जानेलाई आगामी निर्वाचनमा जनताले जवाफ दिने बताइन् ।

उनले भनिन्, ‘बन्दै नबनेको निर्माणधीन धरहराको उद्घाटन किन गर्नुपर्‍यो ? भन्ने प्रश्नको खोजी गर्न आएका छौँ । यस प्रश्नको उत्तर यहाँको जनताले दिनुहुन्छ भन्ने ढुक्क भएकाले जित सुनिश्चित भएको छ ।’

उनले गालीगलोजको पोकोले देश नबन्ने भएकाले आफू काम गर्न आएको बताइन् ।

प्रतिक्रिया

One thought on “ओलीलाई ओनसरीको प्रश्न : बन्दै नबनेको धरहरा किन उद्घाटन किन गर्नुपर्‍यो ?

  1. ओलिले बनाएको धरहरा नदेख्न त मोती बिन्दु भएको भए मात्र हो । बाँकी काम गर्ने बेलामा बनेको ठगबन्धनले सिन्को नभाँचेकोले हो धरहरा निर्माण पूरा नभएको । त्यसैले तीम्रो प्रश्न के हुनुपर्थ्षो भने देउवाजी, प्रचण्डजी ओलिले बनाएर सिध्याउनै लागेको धरहरा किन अहिलेसम्म पनि नसकिएको ? कमिशनकै चक्करमा त होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर