रवि लामिछानेविरुद्धको उजुरीबारे निर्वाचन आयोगले के भन्यो ? – Nepal Press

रवि लामिछानेविरुद्धको उजुरीबारे निर्वाचन आयोगले के भन्यो ?

अयोग्य ठहरिए परिणाम आइसकेपछि पनि कारबाही हुन्छ : आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको नागरिकता प्रकरणको उजुरीबारे निर्वाचन आयोगले प्रमाणको आधारमा निर्णय गर्ने जनाएको छ ।

आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त उजुरीबारे उठेको प्रश्नमा जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रमाणका आधारमा निर्णय गरिने बताएका हुन् । आयुक्त थपलियाले मतपरिणाम आइसकेपछि पनि चित्त नबुझेमा अदालत जान सकिने उनले बताए ।

आयोगका अनुसार सम्बन्धित मूख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणको जवाफ आइसकेपछि आयोगले थप अनुसन्धान गरेर निर्णय गर्नेछ । कानूनअनुसार अयोग्य ठहरिएमा निर्वाचनको परिणाम आइसकेपछि पनि कारवाही हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर