मलाई किन बर्खास्त गरियो ? मुख्यमन्त्रीले नभने सनसनी भिडिओ ल्याउँछु: पूर्वमन्त्री खड्का (भिडिओ) – Nepal Press

मलाई किन बर्खास्त गरियो ? मुख्यमन्त्रीले नभने सनसनी भिडिओ ल्याउँछु: पूर्वमन्त्री खड्का (भिडिओ)

पोखरा । गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ, भिडिओ ल्याउने धम्की दिएका छन् ।

चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईंहरुले भन्ने सनसनी अडिओ, भिडि‌ओ ल्याउँछु,’ उनले भने ।

मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ ।

‘माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर