देउवा-आरजुबारे हल्ला गलत भएको भन्दै गायिका एलिना चौहानले मागिन् कांग्रेसका लागि भोट – Nepal Press

देउवा-आरजुबारे हल्ला गलत भएको भन्दै गायिका एलिना चौहानले मागिन् कांग्रेसका लागि भोट

काठमाडौं । चुनाव नजिकिएसँगै कलाकारहरु विभिन्न पार्टी र उम्मेदवारहरुको समर्थन र उनीहरुलाई भोट माग्नमा व्यस्त देखिन्छन् । यसै क्रममा गायिका एलिना चौहानले पनि नेपाली काँग्रेसका लागि भोट अपिल गरेकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फ एक भिडियो पोष्ट गर्दै कांग्रेसको लागि भोट मागेकी हुन् ।

उनले उक्त भिडिओमा प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणाबारे सुनेका सारा हल्लाहरु गलत लागेको बताएकी छन् । उनले भनेकी छन्, ‘शेरबहादुर ज्यूले हामीलाई केही कुराहरु गर्नुछ भनेर प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभयो । उहाँको निमन्त्रणा आएपछि म खुशीले गदगद भएँ । त्यहाँ पुगिन्जेलसम्म पनि म कुनै पार्टी विशेष भएर गएको थिइनँ । तर जब त्यहाँ पुगे, मेरो सोच नै परिवर्तन भयो । बजारमा उहाँहरुको नियत र आचरण खराब छ भन्ने हल्लाहरु धेरै सुनेको थिएँ । तर त्यस्तो होइन रहेछ । उहाँहरुले हामीलाई त्यस्तो राम्रो व्यवहार गर्नुहुन्छ भन्ने मैले सोचेको पनि थिइनँ ।’

उनले हर्षका कारण आफूले प्रधानमन्त्रीसँग तस्बिर खिचेर हाल्दा धेरैको गाली खानुपरेको दुखेसो पनि पोखेकी छन् । उनी थप्छिन्, ‘खुशीले गर्दा तस्बिर खिचेर हालेको थिएँ तर अधिकतम दर्शकहरुले गाली गर्नुभयो । खासमा हामी कलाकारहरुको मर्म कसैले बुज्नुहुन्न । कलाकारहरु कला भईन्जेल र चर्चा कमाईन्जेल नेपालमा, नत्र विदेश भासिनु पर्ने अवस्था हुन्छ । कोही छैन हाम्रोबारे सोच्नेजस्तो लाग्थ्यो । तर उहाँले हामीलाई बोलाएर हाम्रो हितको कुुरा राख्नुभयो । खुशी लाग्यो । त्यसैले अब मेरो भोट मात्र नेपाली काँग्रेसलाई । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर