नेपाल भर्सेज पाकिस्तान : पहिलो हाफ गोलरहित बराबरी – Nepal Press

नेपाल भर्सेज पाकिस्तान : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । नेपालले घरेलु मैदानमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

खेलको सुरुमै विमल घर्तिमगरले पाएको गोलको राम्रो अवसर सदुपयोग गर्नबाट चुकेका थिए ।

४० सेकेण्ड पनि बित्न नपाउँदै बिमलले ६ यार्ड बक्सको दायाँ भागमा बल पाएका थिए । तर, उनले प्रहार गर्न ढिलो गर्दा पाकिस्तानका रक्षकले क्लियर गरिदिएका थिए ।

३७ औँ मिनेटमा तेज तामाङले पनि सोही क्षेत्रमा बल पाएका थिए । तेजले हानेको प्रहार पाकिस्तानका अब्दुल कादिर खानले हेडमार्फत क्लियर गरिदिएका थिए ।

पहिलो सकिनै लाग्दा पाकिस्तानका अब्दुल्लाह इकबालले हानेको प्रहार थोरैले आकाशिएको थियो ।
नेपाली पुरुष टिमले दशरथ रंगशालामा खेलेको यो ५०औँ खेल हो । र पाकिस्तानविरुद्ध खेलेको यो १७औँ खेल हो । पाकिस्तानले फिफा प्रतिबन्धपछि खेलेको यो पहिलो खेल हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर