वैदेशिक मुद्रा सञ्चिति बढ्यो
नेपाल प्रेस
२०७९ कार्तिक ३० गते १५:१२
काठमाडौं । असोजमा वैदेशिक मुद्रा सञ्चिति बढेको छ ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म ११ अर्ब १ करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको छ।
यो गत आर्थिक वर्षको असारसम्मको तुलनामा ४.३ प्रतिशतले वृद्धि हो ।
तथ्यांकअनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर