डी मारिया भन्छन्- मेस्सी एलियन हुन् – Nepal Press

डी मारिया भन्छन्- मेस्सी एलियन हुन्

काठमाडाैं। अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य एन्जेल डी मारियाले सहकर्मी लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी भएको भन्दै उनलाई एलियनसँग तुलना गरेका छन्।

मेस्सीजत्तिकै खेलाडी विश्वमा नभएको भन्दै उनी अदभुत् भएको उनले बताएका छन्। कतार विश्वकपको पूर्व सन्ध्यामा ला नासियनसँग कुराकानी गर्दै डी मारियाले अर्जेन्टिनाले मेस्सीसँग मात्र भरपर्नु पर्ने अवस्था नरहेको पनि बताएका छन्।

‘मेरा लागि मेस्सीको टोलीमा रहन पाउनु नै सबै कुरा हो। उनी विश्वका सर्वोत्कृष्ट हुन्, एलियन हुन् जुन कुरा भन्दा म कहिल्यै थाक्दिनु, हाल युभेन्ट्सबाट क्लब फुटबल खेलिरहेका डी मारिया भन्छन्, ‘मेस्सीसँगै खेल्न पाउनु मेरो खेल जिवनको सबैभन्दा राम्रो घटना हो। उनी र मैले लामो समयदेखि राष्ट्रिय टोलीबाट सँगै खेलिरहेका छौँ। र क्लबमा पनि सँगै खेलेकाले हरेकपटक उन अझै राम्रो लागेको अनुभव हुन्छ।’

डी मारिया अर्जेन्टिनी टोलीमा मेस्सीपछिका सबैभन्दा बढी भरपर्दा खेलाडी मानिन्छन्। सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित हुँदा डी मारियाको अभाव खड्किएको थियो। उनी सेमिफाइनलमा घाइते भएकाले फाइनल खेल्न असमर्थ भएका थिए।

समकालिन फुटबलमा मेस्सी र क्रिस्टियानो रोनाल्डोमा को सर्वोत्कृष्ट भन्ने विवाद छ। कुनै समय रियल म्याड्रिडमा रोनाल्डोसँगै खेलेका डी मारिया मेस्सीको विकल्प देख्दैनन्। उनले पछिल्ला वर्षहरुमा फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीबाट सँगै खेलेका थिए।

३४ वर्षीय डी मारिया सन् २००८ देखि अर्जेन्टिनाको सिनियर टोलीमा छन्। सन् १९८६ यता विश्वकप जित्न नसकेको अर्जेन्टिना यसपटक पुन उपाधि दावेदारी प्रस्तुत गर्दै छ। मेस्सीका लागि भने यो अन्तिम विश्वकप हुने छ। गत वर्ष कोपा अमेरिका जितेपछि उच्च मनोबलमा देखिएको अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलयता हार ब्यहोरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर