नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने – Nepal Press

नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ७३ करोड २३ लाख १ हजार ६ सय ५३ रूपैयाँ बराबरको बोनस सेयर र १ अर्ब २८ करोड १५ लाख २७ हजार ८ सय ९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *