एक खेल अगावै श्रृङखला जित्ने लक्ष्यमा यूएई – Nepal Press

एक खेल अगावै श्रृङखला जित्ने लक्ष्यमा यूएई

काठमाडौं । नेपाल सँग तीन खेलको एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) आज प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरुहुने खेलमा पाहुना टिम यूएई लगातार दुई जित निकाल्दै एक खेल अगावै श्रृङखला जित्ने लक्ष्य सहित मैदान उत्रिदै छ ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो ।

ओपनर अर्जुन साउद र मध्य क्रमका ब्याटर दिपेन्द्रजिसंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसक्दा नेपालले ५० ओभरमा २ सय रन पनि बनाउन सकेन ।

आज नेपाल भने टिममा केहि परिवर्तन गरेर पहिलो जितको खोजिमा मैदान उत्रिने छ । र नेपाललाई ब्याटिङ सुधार्र्न चुनौती पनि रहेको छ ।

श्रृङखला जित्ने आशा जिवितै राख्न नेपाललाई आजको खेल जित्न दवाव रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर