कप्तान भन्दापनि देशको प्रतिनिधित्व गरेर खेल्नु ठूलो कुरा हो : कप्तान चन्द – Nepal Press

कप्तान भन्दापनि देशको प्रतिनिधित्व गरेर खेल्नु ठूलो कुरा हो : कप्तान चन्द

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन् ।

‘देशलाई प्रतिनिधित्व गरेर खेल्न पाउनु नै ठूलो कुरा हो। कप्तान नै हुन्छु भनेर सोचेको छैन । हामी ११ जना नै कप्तान हो। कप्तान हुनुलाई ठूलो रूपमा लिएको चाहिँ छैन तर कप्तानी पाउँदा खुसी छु,’ उनले भने ।

यस्तै, चन्दले बुधवार पाकिस्तानविरुद्ध खेल्दा उच्च मनोबलका साथ सकारात्मक नतिजा ल्याउने उद्देश्यसहित नेपाली टिम मैदान उत्रिने प्रतिक्रिया दिए ।

‘पाकिस्तान गाह्रो प्रतिस्पर्धी हो । हाम्रो लक्ष्य उच्च मनोबलका साथ मैदा उत्रिने र सकारात्मक नतिजा ल्याउने हो,’ उनले भने ।

खेलाडी विदेश पलायनले फुटबलमा अप्ठ्यारो अवस्था आएको र त्यसको समाधानका लागि घरेलु लिगहरू भइरहे राम्रो हुने पनि चन्दले बताए ।

तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानसँग नेपालले यसअघि १६ खेल खेलेको छ । जसमा ६ बराबरी ५ जित र पाँच हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर