भैँसेपाटीमा नागरिक समाजको पदयात्रा, भुषण दाहाल र सुरजसिंह ठकुरीले गरे ओलीलाई स्वागत (भिडिओ) – Nepal Press

भैँसेपाटीमा नागरिक समाजको पदयात्रा, भुषण दाहाल र सुरजसिंह ठकुरीले गरे ओलीलाई स्वागत (भिडिओ)

ललितपुर । ललितपुरको सैंबु भैसेपाटी क्षेत्रका नागरिक अगुवा तथा सो क्षेत्रमा बसोबास गर्ने सेलिब्रिटीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर पदयात्रा गरेका छन् ।

ललितपुर ३ मा प्रतिनिधिसभा र प्रदेशसभामा युवालाई टिकट दिएर परिवर्तनलाई आत्मसात गरेको भन्दै उनीहरुले ओलीलाई पदयात्रामा सहभागी गराएर धन्यवाद दिएका हुन् । मंगलबार बिहान ललितपुर-३ भैँसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रामा ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिइन् । उनको माइती पनि ललितपुर नै हो । पदयात्रामा वरिष्ठ सञ्चारकर्मी भुषण दाहाल, सुरजसिंह ठकुरीलगायतले ओलीलाई स्वागत गरेका थिए ।

ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधिसभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जनसमेत पदयात्रामा सहभागी थिए । स्वागतपछि ओलीलाई अगुवाहरूले भैँसेपाटी आवास क्षेत्रमा पैदलयात्रा गराएका थिए ।

सो क्षेत्रका नागरिक अगुवा केशव आचार्यले एमाले पार्टीले प्रतिनिधिसभाका लागि अमृत खड्काजस्ता उद्यमशील र भिजन भएका व्यक्तित्वलाई उम्मेदवार खडा गरेको भन्दै ओलीलाई धन्यवाद दिए ।

कार्यक्रममा ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार खड्काले आफू विगतमा गाविस अध्यक्ष रहँदा गरेको भैँसेपाटी क्षेत्रको कालोपत्रे २५ वर्षसम्म उस्तै रहेको बताउँदै अब ललितपुरले गफमात्र गर्ने नभइ यस्तै दिगो विकास गर्ने सक्ने भिजन भएका उम्मेदवारको खोजी गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर