सेयर बजारमा बढ्दो आकर्षण, साढे ५४ लाख पुग्यो डिम्याट खाता – Nepal Press

सेयर बजारमा बढ्दो आकर्षण, साढे ५४ लाख पुग्यो डिम्याट खाता

काठमाडौं । पछिल्लो समय सेयर बजार प्रति आकर्षक बढ्दै गएको छ । डिम्याट खाताको संख्या ५४ लाख ५० हजार १० पुगेको छ ।

डिम्याट खातामा ९ अर्ब २० करोड ५५ लाख १३ हजार १ सय १७ कित्ता सेयर रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यता मेरो सेयरको प्रयोगकर्ता नै ४५ लाख ४० हजार ६ सय ३५ पुगेको छ ।

आइपीओमा आवेदन दिन डिम्याट खाता अनिवार्य गरिएसँगै डिम्याट खाता खोल्नेहरू बढिरहेका छन् ।

यस्तै पुँजी बजारमा २ सय ३४ कम्पनी सूचीकृत छन् भने ३४ म्युचुअल फण्ड (सामूहिक लगानी कोष) सूचीकृत छन् यस्तै ५६ बैंक तथा वित्तीय संस्थाबाट सिआस्वा सेवा उपलब्ध छ ।

पछिल्लो समय सेयर बजार बढ्ने भन्दा घट्ने क्रम बढी छ । मङ्गलवार पनि सेयर बजार ६.५९ अंकले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *