करिश्माले फेरि फेसबुकमा राखिन् निहारिका र शिवराजका अन्तरंग तस्बिर – Nepal Press

करिश्माले फेरि फेसबुकमा राखिन् निहारिका र शिवराजका अन्तरंग तस्बिर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले न्यायको माग गर्दै संघर्षरत निहारिका राजपूतको अन्तरंग तस्बिर फेरि आफ्नो फेसबुक वालमा प्रदर्शन गरेकी छन् । आज उनले बिना कुनै टिप्पणी निहारिका र उनका आरोपी शिवराज श्रेष्ठका दुई वटा तस्बिर पोष्ट गरेकी हुन् ।

निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ । तर, आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् । बलात्कारसम्वन्धी मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन छ । करिश्माले अहिले विना सन्दर्भ तस्बिरहरू राखेपछि आलोचनात्मक प्रतिक्रियाहरू आएका छन् ।

निहारिका र शिवराजको एउटा तस्बिर करिश्माले आफ्नो फेसबुक अकाउन्टको कभर फोटो नै बनाएकी थिइन् । एक मिनेटपछि कभर फोटो परिवर्तन गरिन् । तर, त्यसपछि फेरि अर्को फोटो पोष्ट गरिन्, जसमा निहारिका र शिवराज एउटै ओछ्यानमा सुतेका छन् । करिश्माले केहीबेरपछि दुवै तस्बिर हटाइन् ।

निहारिका आमरण अनसनमा रहेका बखत पनि करिश्माले उनी र शिवराजका अन्तरंग तस्बिरहरू फेसबुकमा सार्वजनिक गरेकी थिइन् । तीव्र आलोचनापछि उनले ती तस्बिर हटाइन् । निहारिका पहिलो पटक आमरण अनशन बस्दा करिश्माले उनलाई साथ दिएकी थिइन् ।

त्यसबेला २० हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेकी करिश्मा अनशनपछि निहारिकालाई भेट्न उनको डेरामा पनि पुगिन् । तर, दोस्रो अनशनका बेला भने करिश्मा निहारिकाविरुद्ध लागिन् ।

अनशन सकिएपछि निहारिकाले करिश्मालाई उनले दिएको २० हजार फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *