मंसिरमा पनि ब्याजदर नघट्ने – Nepal Press

मंसिरमा पनि ब्याजदर नघट्ने

काठमाडौं । बैंकहरुले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम राख्ने भएका छन् । बैंकहरुले निक्षेपको मुद्धतिमा १२.३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यही ब्याजदर मंसिर महिनाका लागि पनि लागू हुनेछ ।

यस्तै संस्थागत निक्षेपकर्ताका लागि १०.३३ प्रतिशत कायम छ । नेपाल बैकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले अहिले ब्याजदर बढाउने भन्दा पनि मेन्टेन गर्ने सहमति बैंकरहरुबीच भएको बताए । यद्यपि २६ वटै बाणिज्य बैंकको धारणा बुझ्न भने बैंकर्स संघको सिइओ अनिल शर्मालाई जिम्मा दिइएको उपाध्यायले बताएका छन् ।

उनीहरुको धारणा आइसकेपछि आधिकारिक रुपमै ब्याजदर घटबढ नहुने विषय सार्वजनिक गरिने अध्यक्ष उपाध्यायले बताएका छन् । बैंकहरुले हरेक महिना निक्षेपको ब्याजदर रिभ्यु गर्न पाउने प्रावधान छ ।

तर कर्जाको ब्याजदर रिभ्युका लागि भने तीन महिना कुनुपर्छ अर्थात त्रैमासिक रुपमा ब्याजदर रिभ्यु गर्न पाइन्छ । पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याजदर बृद्धिको विरोध गरिरहेका छन् । तर बैंकहरु भने घट्ने पक्षमा देखिएका छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *