फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकको ‘बचत गरौँ, च्याम्पियन बनौँ’ योजना – Nepal Press

फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकको ‘बचत गरौँ, च्याम्पियन बनौँ’ योजना

काठमाडौं । फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकले बचत गरौँ, च्याम्पियन बनौँ योजना ल्याएको छ ।

बचतको महत्त्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ योजना ल्याइएको बैंकले जनाएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरूलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरू प्रदान गरिनेछ । बचत खाताका अफरहरूका साथै, ग्राहकहरूले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *