नेपालको ब्याटिङ धरमराएको खेलमा अर्जुनले बनाए डेब्युमै अर्धशतक – Nepal Press

नेपालको ब्याटिङ धरमराएको खेलमा अर्जुनले बनाए डेब्युमै अर्धशतक

काठमाडौं। नेपालका अर्जुन साउदले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमै अर्धशतक बनाएका छन्।

युएईविरुद्ध जारी तीन खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा अर्जुन ५१ रन जोडेर आउट भए। २ सय ६४ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३६ ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन जोडेको छ।

४१ रनमा ४ विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुनले दीपेन्द्रसिंह ऐरीसँग ६८ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए। नेपालका आसिफ शेख १२, कप्तान रोहित पौडेल १, हरिशंकर शाह ८ र कुशल भुर्तेल ६ रन जोडेर आउट भए। ज्ञानेन्द्र मल्लले भने खाता खोल्न सकेनन्।

२८ रनमा पहिलो विकेट गुमाएको नेपालले सोही स्थितिमा दोस्रो विकेट पनि गुमाएको थियो। सातौँ ओभरमा आयान अफजल खानले प्रारम्भिक ब्याट्सम्यान आसिफ र मल्ललाई आउट गरेका थिए।

लगत्तै अर्को ओभरमा नेपालले रोहितलाई गुमाएको थियो। आयानले चार विकेट लिएका छन्। आयानको पनि यो डेब्यु खेल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर