तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य सर्किट लेभलमा वृद्धि, शिवम सिमेन्टको कारोबार सबैभन्दा बढी – Nepal Press

तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य सर्किट लेभलमा वृद्धि, शिवम सिमेन्टको कारोबार सबैभन्दा बढी

काठमाडौं । सोमबार सेयर बजार १.१३ प्रतिशतले बढेको छ । १८ सय विन्दुमा घुमिरहेको बजार आज १९ सय बिन्दुमा उक्लिएको छ ।

सोमबार नेप्से परिसूचक २१.२९ अंकले बढेर १९०४.४५ बिन्दुमा अडिएको छ । यद्यपि, कारोबार भने अझै पनि अर्ब पुग्न सकेको छैन । आज ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आजको कारोबारमा तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । यसको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिसेयर ३ सय ८३ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार भने शिवम सिमेन्टको भएको छ । १० करोड ९६ लाख रुपैयाँ बरबरको सेयर कारोबार भएको छ ।

बजार पुँजिकरण २७ खर्ब ३९ लाख रुपैयाँ भएको छ । सेयर बजारको उच्चतम विन्दुदेखि हालसम्म झण्डै ५० प्रतिशत पुँजीकरण घटिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *