तोसिमाविरुद्ध आयोगको रिटको सुनुवाइ जारी, के होला उम्मेदवारी ? – Nepal Press

तोसिमाविरुद्ध आयोगको रिटको सुनुवाइ जारी, के होला उम्मेदवारी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीविरुद्धको रिटको सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसमा निर्वाचन आयोगको रिटको सुनुवाइ भइरहेको हो ।

यसअघि न्यायाधीश कुमार चुडालको इजलासले आयोगले खारेज गरेको उनको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो ।

तर, आयोगले मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको जिकिर गर्दै अदालतको निर्णयविरुद्ध पुनः निवेदन दिएको थियो ।

पेशीको दोस्रो नम्बरमै परेको रिट सुनुवाइ भइरहेकाले आजै फैसला आउने सम्भावना छ ।

अदालत र निर्वाचन आयोगकै कारणले चर्चामा रहेकी कार्की भने निरन्तर भोट माग्न घरदैलोमा व्यस्त छिन् । उनले आफू कुनै लाभको पदमा नरहेको दाबी गर्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर