चीनसँगको यातायात र पारवहन सम्झौताले नाकाबन्दी लाग्नै नसक्ने अवस्था बनाएपछि विरोधी आत्तिए : ओली (भिडिओ) – Nepal Press

चीनसँगको यातायात र पारवहन सम्झौताले नाकाबन्दी लाग्नै नसक्ने अवस्था बनाएपछि विरोधी आत्तिए : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको टिप्पणी गरेका छन् । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताए ।

फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको ओलीको भनाइ छ । उनले वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको बताए ।

ओलीले भने, ‘हामीले ज्येष्ठ नागरिकलाई सम्झिएर वृद्धभत्ता बाँड्यौँ । विरोधीहरू आत्तिए । उनीहरूले भ्रम फैलाइरहेका थिए । हामीलाई गाली गरिरहेका थिए । ६० वर्षमाथिकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको थियो । तर, हामीले घरघरमा पैसा पुर्‍याउने काम गरेपछि आत्तिए । महिनाको सय रूपैयाँबाट सुरू गरेको भत्ता अहिले ४ हजार पुर्‍याएका छौँ ।’

एमालेले सडकमा फालिएका बालकालिकसमेत एमालेले संरक्षण गरेको बताए । पूर्व-पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उनले उल्लेख गरे ।

‌ओलीले भने, ‘भारतसँग मात्रै निर्भर थियो हाम्रो देश । चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्‍याएपछि झन् आत्तिए । देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुग्यो ।’

उनले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर