प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका सागर भन्छन्- कुनै चलखेल नभए जित सुनिश्चित भइसक्यो – Nepal Press

प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका सागर भन्छन्- कुनै चलखेल नभए जित सुनिश्चित भइसक्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभएर आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ । इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला ।’

उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर