सन् २०२७ को यू-१९ महिला विश्वकप आयोजनाको अवसर नेपाललाई – Nepal Press

सन् २०२७ को यू-१९ महिला विश्वकप आयोजनाको अवसर नेपाललाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।

यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजनाको मान्यता दिइएको हो ।

आईसीसीको बोर्ड बैठकको निर्णयअनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को संस्करण जिम्बाबे र नामिबियामा आयोजक हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर