पुकार बमलाई भोट माग्दै निर्देशक प्रदीप भट्टराई र रवीन्द्र सिंह बानियाको घरदैलो – Nepal Press

पुकार बमलाई भोट माग्दै निर्देशक प्रदीप भट्टराई र रवीन्द्र सिंह बानियाको घरदैलो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई भोट माग्न चलचित्र निर्देशक प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँ घरदैलोमा हिँडेका छन् ।

चलचित्र महापुरुषका निर्देशक प्रदीप र निर्माता रवीन्द्र शनिवार भएको काठमाडौं क्षेत्र नं १ मा उम्मेदवार पुकार बमको घरदैलो कार्यक्रममा गएका हुन् ।

युवा सत्याग्रहीको परिचय बनाएका पुकार बमको घरदैलो कार्यक्रममा घण्टी बजाउँदै ३ घण्टा उनको पक्षमा भोट मागेका थिए।

प्रदीपले मतदातासँग भने, ‘पुकार बम हामीलाई चाहिने मान्छे हो। संसद्मा चाहिने मान्छे हो ।’

यस्तै घरदैलोमा पुगेका कलाकार रवीन्द्र सिंह बानियाले काठमाडौँ क्षेत्र नं १ मा पुकार बम सक्षम, इमानदार र जित्नै पर्ने उम्मेदवार भन्दै मत मागेका थिए।

उनले सञ्चारकर्मीहरूसँग भने, ‘मैले विगत १० वर्षदेखि पुकार बमलाई सडकमा जनताको बीचमा सेवा गरेको देखेको छु। पुकार जस्तो निष्कलङ्क मानिस संसद्मा पुग्नुपर्छ।’

यस्तै घरदैलोमा हिँडिरहेका र्‍याप गायक प्रनिल तिमल्सिनाले यसपालि अरू जस्तो कुरा मीठो गर्नेलाई हैन, पुकार जस्तो कम बोल्ने काम धेरै गर्नेलाई जिताउनुपर्ने भन्दै मतदातासँग आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर