एलओडीमा ओली, गुञ्जियो एमालेको चुनावी र्‍याप गीत (फोटो/भिडिओ) – Nepal Press

एलओडीमा ओली, गुञ्जियो एमालेको चुनावी र्‍याप गीत (फोटो/भिडिओ)

काठमाडौं । मतदानको दिन नजिकिँदै जाँदा दलहरूले चुनाव प्रचारप्रसारका नयाँ शैलीहरू अपनाइरहेका छन् । युवादेखि वृद्धवृद्धालाई आकर्षित गर्न नेता-उम्मेदवार विभिन्न तरिका अघि सारेका छन् ।

यसमा एमाले र अध्यक्ष केपी ओली अरुभन्दा अघि देखिन्छन् । युवापुस्ता तथा खासगरि नयाँ भोटर्सलाई आफूतिर तान्न ओलीले यसअघि पनि दमकमा ‘ओली वीथ फस्ट भोटर्स’ कार्यक्रमको आयोजना गरेका थिए ।

गएराति भने ओली ठमेलस्थित एलओडी पुगेका छन् । मध्यरातमा ओली पुग्दा क्लबका सयौँ युवाले ‘केपी बा’ को नारा लगाए । त्यहाँ एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको र्‍याप गाइएको थियो । ‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् ।

युवामाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै उनले फेसबुक पेजमा तस्बिरहरू राखेका छन् । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर