बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो – Nepal Press

बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २- १ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर