टी-२० क्रिकेटमा भारत दोस्रोपटक १० विकेटले पराजित, इङ्ल्यान्डअघि पाकिस्तानसँग थियो ठूलो हार – Nepal Press

टी-२० क्रिकेटमा भारत दोस्रोपटक १० विकेटले पराजित, इङ्ल्यान्डअघि पाकिस्तानसँग थियो ठूलो हार

काठमाडौं । भारतले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रोपटक १० विकेटले पराजित भएको छ । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको हो । भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई भेट्टायो ।

भारत यसअघि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । गत वर्ष दुबईमा भएको विश्वकपको समूहगत चरणमा पाकिस्तानले भारतले दिएको १५२ रनको लक्ष्य विकेट नगुमाई १७.५ ओभरमा पूरा गरेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ३८ पटक १० विकेटको हारको नतिजा आएको छ । सन् २००७ को फेब्रुअरी २ मा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले हराएर यस्तो सफलता प्राप्त गर्ने पहिलो टोली बनेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान, जिम्बावे र श्रीलंका तीन तीनपटक १० विकेटले पराजित भएको इतिहास छ । गत सेम्टेम्बरमा पाकिस्तानले इङ्ल्यान्डलाई १० विकेटले हराएको थियो ।

पाकिस्तानले दक्षिण अफ्रिकाबाहेक न्युजिल्यान्ड र अस्ट्रेलियासँग पनि १० विकेटको हार व्यहोरेको थियो । इङ्ल्यान्डले भने पाकिस्तानबाहेकका टोलीसँग १० विकेटको हार व्यहोरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर