भारतमाथि शानदार जीत हात पार्दै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा – Nepal Press

भारतमाथि शानदार जीत हात पार्दै इङ्ल्यान्ड टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको उपाधिका लागि पाकिस्तानले इङ्ल्यान्डसँग खेल्ने पक्का भएको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्‍यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले १६९ रनको लक्ष्य दिएको थियो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाएका थिए ।

इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । प्रारम्भिक ब्याट्सम्यानद्वय एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रन बनाए । उनीहरु अविजित रहँदै आफ्नो देशलाई फाइनलको यात्रा तय गराउन सफल भए ।

इङ्ल्यान्ड पनि प्रतियोगिताको पूर्वविजेता हो । यसअघि सन् २०१० मा फाइनल पुगेर उपाधि जितेको थियो । त्यसयता इङ्ल्यान्ड पहिलोपटक फाइनल पुगेको हो । इङ्ल्यान्ड सन् २०१९ मा आयोजित पछिल्लो एकदिवसीय विश्वकपको पनि विजेता हो ।

यसअघि पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर