गठबन्धनबारे ओलीको टिप्पणी : एउटै थाङ्नामा गुट्मुट्याएर फाल्न सजिलो भयो – Nepal Press

गठबन्धनबारे ओलीको टिप्पणी : एउटै थाङ्नामा गुट्मुट्याएर फाल्न सजिलो भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग चुनाव लड्न सक्ने कुनै पार्टी नै नभएको दाबी गरेका छन् ।
झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शेरबहादुरजीले भनेको तपाईंहरुले सुन्नुभएन। गठबन्धन गरेन भए एमालेले सिध्याउँदैन ।’

उनले देउवाले मात्रै नभएर रामचन्द्र पौडेल र शेखर कोइरालाले पनि गठबन्धन नगरे एमालेले सिध्याउने बताएको उल्लेख गरे ।
उनले भने, ‘तर, गठबन्धन गरेन भने एमालेले सिध्याउँछ भन्छन् । गठबन्धन गर्दा झन् सजिलो भो भन्छु म । एउटै थाङ्नामा गुट्मुट्याएर लगेर फाल्न सजिलो भयो । अनेक अखडा पनि बनाउन परेन एउटै अखडामा खेले भयो । आऊ भाइहो भनेर ।’
उनले विदेशीका अगाडि आँखा जुधाएर कुरा गर्नसक्ने एमाले नेतृत्वको सरकार चुनावपछि बन्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर