दाङमा प्रतिनिधिसभाका दुई उम्मेदवार एमाले प्रवेश, शंकर पोखरेल र कोमल वलीलाई समर्थन – Nepal Press

दाङमा प्रतिनिधिसभाका दुई उम्मेदवार एमाले प्रवेश, शंकर पोखरेल र कोमल वलीलाई समर्थन

रुपन्देही । दाङको क्षेत्र नं २ र ३ मा प्रतिनिधिसभाका दुई जना उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । मौलिक जरोकिलो पार्टीबाट क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र खड्का र नेपाली जनमुक्ति पार्टीबाट क्षेत्र नं ३ का उम्मेदवार कृष्णवीर नेपाली एमाले प्रवेश गरेका हुन् ।

दुवै जनाले बिहीबार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार शंकर पोखरेल र कोमल वलीलाई समर्थन गर्ने घोषणा गरेका छन् । खड्का र नेपाली बिहीबार एमालेमा प्रवेशसमेत गरेका छन् । खड्का पहिले माओवादीको जनमुक्ति सेनामा रहेका थिए ।

उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् । दुवै जनाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन सवै मतदातामा अपीलसमेत गरेका छन् ।

दाङ क्षेत्र नं २ मा एमालेका महासचिव पोखरेल र क्षेत्र नं ३ मा केन्द्रीय सदस्य कोमल वली उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर