एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा – Nepal Press

एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ) क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको सेमिफाइनलमा एपीएफले मधेश प्रदेशलाई ७ विकेटले हरायो।

पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाएर एक सय २२ रन मात्र जोडेको थियो। मधेशलाई सस्तोमा समेट्न एपीएफका कमल ऐरीले ४ तथा भुवन कार्की र मौसम ढकालले २/२ विकेट लिए। किशोर महतोको नाममा पनि एक विकेट रह्यो।

मधेशका पछिल्लो क्रमका रुपेश सिंहले सर्वाधिक ३० रन बनाए। एपीएफले २१ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। एपिएफका लोकेश बमले ३५ तथा प्रदिप ऐरीले ३३ र आसिफ शेखले २५ रन बनाए।

एपीएफले त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर